तीन विधामा ०७९ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

डा. कमल लामिछानेद्वारा ०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ ०७९ सालका लागि तीन विधामा घोषणा गरिएको छ । यस अन्तरगत मञ्जु सुवेदीलाई ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ दुर्गादेवी वाइबालाई ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’ र अनिता भेटवाललाई ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ प्रदान गरिने भएको हो ।
मञ्जु सुवेदी बागमती प्रदेशस्थित ललितपुरको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत छिन् । त्यस्तै दुर्गादेवी वाइबा बागमती प्रदेशस्थित काठमाडौँको पृथ्वीनारायण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् भने पत्रकार अनिता भेटवाल हिमालखबरमा कार्यरत छिन् । प्रमाणपत्रसहित ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’को रकम रु. २० हजार, ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’को रकम रु. १० हजार र ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’को रकम रु. १० हजार रहेको छ । यी सबै पुरस्कार आगामी वसन्तपञ्चमीका दिन प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा
-
नवनियुक्त आईजीपी कुँवरलाई प्रधानमन्त्रीको बधाई
-
बल्खु–कलंकी सडकको सर्भिस लेन किन भत्काइयो ?
-
बसन्त कुँवर : २८ वर्षसम्म ‘लो प्रोफाइल’मा काम गरेका आईजीपी
-
साताको सेयर बजार : नेप्से सूचक १८ अंकले माइनसमा, कारोबार ६ अर्ब पनि पुगेन
-
बेलारुसमा अलपत्र ९ महिलालाई स्वदेश फर्काइयो