शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन विधामा ०७९ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

शनिबार, १७ मङ्सिर २०७९, ११ : ३८
शनिबार, १७ मङ्सिर २०७९

 डा. कमल लामिछानेद्वारा ०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ ०७९ सालका लागि तीन विधामा घोषणा गरिएको छ । यस अन्तरगत मञ्जु सुवेदीलाईअन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार दुर्गादेवी वाइबालाईअन्तर्दृष्टि हातेमालो पुरस्कार र अनिता भेटवाललाईअन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो ।

 मञ्जु सुवेदी बागमती प्रदेशस्थित ललितपुरको नमुना मच्छिन्द्र माध्यमिक विद्यालयमा अध्यापनरत छिन् । त्यस्तै दुर्गादेवी वाइबा बागमती प्रदेशस्थित काठमाडौँको पृथ्वीनारायण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् भने  पत्रकार अनिता भेटवाल हिमालखबरमा कार्यरत छिन् । प्रमाणपत्रसहित ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’को रकम रु. २० हजार, ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’को रकम रु. १० हजार र ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’को रकम रु. १० हजार रहेको छ । यी सबै पुरस्कार आगामी वसन्तपञ्चमीका दिन प्रदान गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप