नवनिर्वाचित जनप्रतिनिधिलाई २ सय ५ किलोको माला
शनिबार, १७ मंसिर २०७९, ११ : ४४

सत्ता गठबन्धनको तर्फबाट बारा निर्वाचन क्षेत्र ४ का निर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र ४ (ख) का निर्वाचित प्रदेशसभा सदस्य जितेन्द्र सोनललाई स्थानीयहरूले २ सय ५ किलोको मालाले सम्मान गरेका छन् ।
बाराको परवानिपुर गाउँपालिका वडा नं ५ बहुआरिमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा स्थानीयहरूले निर्वाचित संघीय सांसद श्रेष्ठ र प्रदेश सभा सदस्य सोनललाई सम्मान स्वरूप २०५ किलोको माला लगाइदिएका हुन् ।
मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा ५ दलीय गठबन्धनको तर्फबाट बारामा श्रेष्ठ र सोनल मात्रै निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु