मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष भट्टराईको निधन

मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष शिवहरि भट्टराईको निधन भएको छ । अध्यक्ष भट्टराई एक कार्यक्रममा सहभागी हुन् शुक्रबार सर्लाही पुगेका उनी शनिबार बिहान मृत भेटिएका हुन् ।
शुक्रबार नेपाल पत्रकार महासंघ सर्लाहीको साधारण सभामा पुगेका उनी आज बिहान होटलको कोठामा मृत भेटिएको सञ्चारकर्मी मनोज यादवले जनाएका छन् । पत्रकार यादवले भट्टराई ‘हिजो बेलुका हामीसँगै खाना खाएर होटलमा सामान्य अवस्थामा फर्किनु भएको थियो, तर आज बिहान उनको निधन भएको बताएका छन् ।
उनी समयमा कार्यक्रम स्थलमा नआइपुग्दा खोजतलास गरिएको थियो । पछि उनी बसेको होटलको कोठा जाँदा भित्रबाट चुकुल लागेको र चुकुल तोडेपछि बेडमै लडेको अवस्थामा भेटिएका हुन् ।
यादवका अनुसार अध्यक्ष भट्टराईको मुखबाट रगत निस्किएको देखिएको छ । त्यस लगतै उनी मृत भएको हामीले पाइएका थियौँ । उनको निधन हृदयघातका कारण हुन् नसक्ने पत्रकार यादवको भनाइ छ । अन्दाजी ७० वर्षीय भट्टराई उच्च रक्तचापका रोगी थिए । उनी लामो समयदेखि सप्तरीबाट पत्रकारिता गर्दै आएका थिए । पछि मधेस प्रदेश सरकारले उनलाई मधेस प्रदेशको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु