रौतहटमा थुपारिएको धानमा अज्ञात समूहद्वारा आगजनी

रौतहटमा धान थुपारेर राखेको कुन्यु (भारी)मा आगजनी गरिएको छ । जिल्लाको गढीमाई नगरपालिका ३ गम्हरिया निवासी शेख ग्यासुदिनको ४ बिगाहा क्षेत्रफल जग्गाबाट उठाएर एकैठाउँमा राखिएको धानमा शुक्रबार राति अज्ञात समूहले आगजनी गरेको हो । दाइँ गर्ने तयारीमा राखिएको धानमा आगजनी भएपछि लाखौ क्षति भएको पीडित परिवारले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुणकुमार सिंहले आगजनीको पुष्टि गर्दै घटनाबारे अनुसन्धान भैरहेको बताए । राजनीतिक प्रतिशोधका कारण शेख ग्यासुदिनको धानमा आगजनी भएको स्थानीय राजनीतिक दलका नेता र स्थानीयवासी आशंका गरेका छन् ।
गत ४ गतेको निर्वाचनमा जनता समाजवादी पार्टी लाई सघाएका कारण शेखको धानमा आगजनी भएको हुनसक्ने आशंका गरिएको जसपा मधेस प्रदेश कमिटी सदस्य राजकुमार दाशले बताए । राजनीतिक पूर्वाग्रहका कारण अन्नमा गरिएको आगजनीको घटना बारे सत्यतथ्य पत्ता लगाई दोषीलाई कार्वाहीको दायरामा ल्याउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन दासले सम्बन्धित निकायसमक्ष माग समेत गरेका छन् ।
यसअघि गत १२ गते राति रौतहटकै फतुवा विजजयपुर नगरपालिकाका स्थायी बासिन्दा अवकाश प्राप्त सई रामानन्द यादवको धानमा पनि अज्ञात समहले आगजनी गरेको थियो । पूर्व सई यादव रौतहट ३ बाट प्रतिनिधिसभाका स्वतन्त्र उमेदवार प्रभु साह जिताउ अभियानमा लागेका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ठाडामगरले दुबै घटना राजनीतिक पूर्वाग्रहकै कारण भएको भन्ने एकिन नभएपनि घटनाको गहन रुपमा अनुसन्धान भैरहेकाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?