बालकुमारीबाट अवैध लागूऔषधसहित किशोर पक्राउ
शनिबार, १७ मंसिर २०७९, १२ : २४

काठमाडौँ महानगरपालिका-३२ कोटेश्‍वर बालकुमारीबाट एक किशोरसहित २ जना अवैध लागूऔषधसहित पक्राउ परेका छन् । ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम, मोबाइल ३ थान र नगद ९ हजार रुपैयाँ सहित महोत्तरी जलेश्वर नगरपालिका-१ घर भई हाल काठमाडौं माहनगरपालिका-३२ जडिबुटी बस्ने १९ वर्षीय विकास साह समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ : महासचिव गौतम
-
के नेपालमा अमेरिकामा जस्तै साइबर हमला भएको हो ?
-
माग सम्बोधन नभएसम्म नागरिक उन्मुक्ति कुनै पनि सरकारमा सहभागी नहुने
-
पूर्वी युक्रेनमा रुसी आक्रमण, ३ जनाको मृत्यु
-
श्रीलङ्काको अर्थतन्त्र २०२४ सम्ममा सुधार हुन्छ : राष्ट्रपति विक्रमासिङ्घे
-
इरानमा दुई दिनमा तीन सडक दुर्घटना, ९ जनाको मृत्यु