पश्चिम बंगालको कान्थीमा बम विस्फोट, तृणमूल कांग्रेस नेता सहित तीन जनाको मृत्यु

पश्चिम बङ्गालको पूर्वी मेदिनीपुर जिल्लाको कान्थीमा शुक्रबार राति तृणमूल कांग्रेसका एक नेताको घरमा भएको विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । यो घटना अर्जुन नगर ग्राम पञ्चायतको नदयविला गाउँमा भएको हो ।
मृत्यु हुनेमा स्थानीय तृणमूल नेता राजकुमार मन्ना पनि छन् । उनीहरू बाहेक राजकुमारका भाइ देवकुमार मन्ना र अर्का व्यक्ति विश्वजित गायनको पनि मृत्यु भएको थियो । तृणमूल कंग्रेसका सांसद तथा मुख्यमन्त्री ममता बनर्जीका भतिजा अभिषेक बनर्जीको सभा शनिबार उक्त घटना भएको इलाका नजिकै हुन लागेको थियो।
यो विस्फोटलाई लिएर आरोप–प्रत्यारोपको सिलसिला पनि सुरु भएको छ । भाजपाले आरोप लगाएको छ कि तृणमूलका मानिसहरूले घरमा बम बनाएका थिए, जसका कारण यो दुर्घटना भएको हो। गत वर्षको विधानसभा चुनावपछि यो क्षेत्र प्रायः हिंसाका कारण चर्चामा रहेको छ ।
अर्कोतर्फ, भगवानपुरका तृणमूल कांग्रेसका पूर्व विधायक अर्धेन्दु माइतीले अहिले यस विस्फोटको पूर्ण विवरण आउन नसकेको बताए। प्रहरीले अनुसन्धान जारी रहेको भन्दै विष्फोटबारे प्रतिक्रिया दिन अस्वीकार गरेको छ । –बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेकाे पार्टी खारेजीकाे मागसहित निर्वाचन आयाेगमा उजुरी
-
रास्वपाका नेता कार्की भन्छन्–हामीबाट गल्ती हुन लागेकै छ
-
क्षेत्राधिकार मिचेर विमानस्थलको जग्गामा निस्सा बाँड्दै मन्त्री
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
चौधरीको चुनौती : न राजा पुनः स्थापित हुन्छन् न हिन्दुराज्य !
-
जापानद्वारा नेत्रज्योति संघलाई स्वास्थ्य उपकरण हस्तान्तरण