बंगलादेश एकदिवसीय सिरिजबाट शमी बाहिर
भारत–बंगलादेश एकदिवसीय सिरिजका लागि तयार गरिएको भारतीय टोलीका खेलाडीको सूचीमा बलर मोहम्मद शमीको नाम समावेश छैन । उनको स्थानमा उमरान मलिकलाई समावेश गरिएको छ ।
भारतीय टोलीका तिब्र गतिका बलर मोहम्मद शामी काँधको चोटका कारण सिरिजबाट बाहिर रहेका छन् । बीसीसीआईले अष्ट्रेलियामा भएको टी–२० विश्वकपपछि अभ्यास सुरु गरेपछि मोहम्मद शामीलाई काँधमा चोट लागेको जानकारी दिएको छ । उनलाई एनसीएमा रिपोर्ट गर्न भनिएको छ र आगामी तीन खेलको भारत-बंगलादेश शृंखलाको हिस्सा नहुने जानकारी दिइएको छ।
उता भारतीय टोली एकदिवसीय सिरिजअघि बंगलादेश पुगेको छ । भारतीय टोलीमा परेका खेलाडीहरु– रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), शिखर धवन, विराट कोहली, रजत पाटीदार, श्रेयस अय्यर, राहुल त्रिपाठी, ऋषभ पन्त (विकेटकिपर), इशान किशन (विकेटकिपर) ), शहबाज अहमद, अक्षर पटेल, वाशिंगटन सुन्दर, शार्दुल ठाकुर, उमरान मलिक, मोहम्मद सिराज, दीपक चाहर, कुलदीप सेन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?
-
यसरी समातियो शृङ्खलाबद्ध सहकारी चोरीमा संलग्न ‘फाखेल ग्रुप’
-
कतारलाई हात्ती उपहार दिने निर्णय नै अन्योलमा
-
कर्णालीमा अध्ययन गर्नुपर्ने थुप्रै पुस्तक छन्: प्रदेश प्रमुख परियार
-
बझाङ प्रदेशसभा १ का एमाले उम्मेदवार भण्डारीलाई पितृशोक
-
कतारका राजालाई स्वागत गर्दै लिङ्देनले भने, ‘राजसंस्था पुनर्स्थापनामा ढिलो नगरौँ’