गाउँ (कविता)
शनिबार, १७ मंसिर २०७९, १४ : ०६

बाँस झ्याङले सुशेली हाल्दैन
ढुकुरले ढुकुरकुर गर्दैन
स्यालहरु कराउँदैनन् हिजोआज
झ्याउँकीरीको गीत पनि सुनिँदैन
भाले बास्दैन हिजोआज !
खै सिम्मलको फूल फुलेको ?
बताससँगै जंगल–जंगल सिमलको भुवा डुलेको ?
घर छेउको ती खेतका गरामा धानको बाला झुलेको ?
खेत खलियान थियो
गाई वस्तु थिए
भेडा बाख्रा थिए
किसान गोठाले थियो जिन्दगी ?
ढिँकी—जाँतो थियो
हलो—कोदालो थियो
अभाव र मुस्किल थियो जिन्दगी
अनि पो जीवन्त थियो जिन्दगी !
गाउँ सहर पस्यो
गाउँ मुग्लान पस्यो
गाउँ खाडी पस्यो
गाउँ जापान पस्यो
गाउँ युरोप पस्यो
गाउँ अमेरिका पस्यो
गाउँ आज सम्पन्न भएको छ !
गाउँले मौलिकता बिर्सियो
त्यो गोरेटो बिर्सियो
त्यो जङ्गल बिर्सियो
खोल्सा–खोल्सी बिर्सियो !
गाउँ आज झिल्के भएको छ !
गाउँ आज सहर भएको छ !
गाउँ आज निरस भएको छ !
गाउँ आज उराठ लाग्दो भएको छ !
–नेदरल्यान्डस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा विमानस्थल : यस्तो छ भन्सार सीमाना
-
सिंगो देश हाम्रो मुद्दाको वरिपरि छ : प्रधानमन्त्री प्रचण्ड
-
विमानस्थलको सुधार चित्त बुझ्दो छैन, अझै प्रयत्न गर्नुहोस् : मन्त्री किराँती
-
गृहमन्त्रीको लफडाबारे प्रतिपक्षी दलहरू ‘वेट एन्ड सी’ को मुडमा
-
वर्तमान सरकारप्रति माधव नेपालको टिप्प्णी : ‘वाम–दक्षिणपन्थी खिचडी गठबन्धन’
-
क्यानविरुद्धको प्रदर्शन विथोल्न खोज्ने तारा बराल पक्राउ