मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

निरन्तर उकालो लाग्दै सुनको मूल्य, सातामा १३ सयले बढ्यो

शनिबार, १७ मङ्सिर २०७९, १४ : १४
शनिबार, १७ मङ्सिर २०७९

नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा तोलामा १ हजार ३०० रूपैयाँले बढेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रूपैयाँ थियो । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९९ हजार ११ रूपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ६०० रूपैयाँ छ ।

साताको पहिलो कारोबार दिन स्थिर रहेको सुनको मूल्य सोमबार घटेको थियो । यस्तै, मंगलबार पनि घटेको भाउ बुधबार भने २०० रूपैयाँले बढेको थियो । यस्तै, बिहीबार ५०० रूपैयाँ प्रतितोला र शुक्रबार १ हजार रूपैयाँ प्रतितोलाले सुनको भाउ बढेको हो ।

यसैगरी, साता भरमा चाँदीको मूल्यमा समेत व्यापक वृद्धि देखिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा चाँदीको मूल्य ५० रूपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको भाउ तोलामा १२ सय ९५ रूपैयाँ थियो । जुन, यो  साताको शुक्रबारसम्ममा १३ सय ४५ रूपैयाँ कायम भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप