मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

तेह्रथुमका आठ पत्रकार पुरस्कृत

शनिबार, १७ मङ्सिर २०७९, १४ : ४७
शनिबार, १७ मङ्सिर २०७९

नेपाल पत्रकार महासंघ तेह्रथुमले १२ औँ साधारण सभाको अवसरमा जिल्लाका आठ जना पत्रकारलाई सम्मान गरेको छ । महासंघले कान्तिपुर मिडिया ग्रुपका संवाददाता चन्द्र कार्कीलाई तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार ०७९ बाट पुरस्कृत गरेको छ । यस्तै, महासंघ जिल्ला शाखाका पूर्व अध्यक्ष तथा रेडियो तेह्रथुमका सहायक स्टेसन म्यानेजर नरेश ढुंगाना पनि सम्मानित भएका छन् ।

महासंघले जिल्ला शाखाका अर्का पूर्व अध्यक्ष उद्धव तिम्सिना र रेडियो मेन्छ्यायेममा कार्यरत कृष्ण तामाङलाई तेह्रथुम पत्रकारिता विकास पुरस्कार बाट सम्मान गरेको छ । त्यस्तै, तेह्रथुम महिला पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेममा कार्यरत जानुका नेपाल र रेडियो तेह्रथुममा कार्यरत अस्मिता सुवेदी पुरस्कृत भएका छन् ।

आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो तीनजुरेमा कार्यरत सरस्वती राई र रेडियो मेन्छ्यायेममा कार्यरत वीरेन्द्र पयाङ्गु सम्मानित भएका छन् । 

यसैबीच महासंघले शाखाको १२ औं साधरणसभाको अवसरमा प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने सीता गुरुङ, प्रदेशसभा सदस्यहरू किशोरचन्द्र दुलाल र दुर्गाप्रसाद चापागाई लाई बधाई पत्रसहित सम्मान गरेको छ । महासंघले ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएका महासंघका सदस्य छ थर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बू र आठराई गाउँपालिका-६ का वडाअध्यक्ष कृष्ण बास्कोटालाई पनि धन्यावादपत्रसहित सम्मान गरेको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप