शहीदनगरका शिक्षा प्रमुख यादव पुन: नागरिकता किर्ते मुद्दामा तानिए

धनुषाको शहीदनगर नगरपालिकाका शिक्षा प्रमुख रहेका विश्वनाथ यादव सरकारी कागज किर्ते मुद्दामा पुनः तानिएका छन् । सिडिओ कार्यालयमा बिचौलियाको काम गर्दै आएको बेला भारतीय नागरिकहरूलाई नागरिकता बनाएको, सरकारी कागज किर्ते गरी नागरिकता बनाएको आरोपमा मुद्दा दायर भएपछि उनी फरार रहेका थिए ।
एक वर्षभन्दा अधिक फरार रहेका विश्वनाथ यादव अहिले शहीदनगर नगरपालिकाको शिक्षा प्रमुख पदमा कार्यरत रहेका छन् । जिल्ला अदालत धनुषाले उनलाई सो मुद्दामा सफाइ दिए पनि उच्च अदालत जनकपुरले उनले सफाइ पाउनुपर्ने आधार नदेखिएको भन्दै मुद्दा पुनः खोलिएको हो ।
बालाबाखर कुम्भकरणस्थित रहेको प्राथमिक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) समेत रहेका यादवमाथि नेपाल सरकार बादी बन्दै पुनरावेदन गरेको थियो । एक वर्षभन्दा अधिक समयदेखि फरार भएका शिक्षा प्रमुख यादव अदालतले सफाइ दिएपछि मात्र उनी घर फर्केका थिए । नियम कानुनले नागरिकता पाउन नहुने नागरिकलाई नागरिकता बनाएको, भारतीय नागरिकलाई नागरिकताको रेकर्ड किर्ते गरी कायम गरेको आरोपसहित उनीमाथि मुद्दा दायर भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्रीय समिति बैठकका तीन एजेण्डा
-
नागरिक उन्मुक्तिका सांसदले भने–सुदूरपश्चिम सरकारमा भूकम्प गयो
-
चोभार सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक शुक्रबार बिहान बस्ने
-
मुख्यमन्त्री बन्ने होडबाजी नगरौँ : मुख्यमन्त्री रावल
-
‘छर्राले मन पोल्छ, जनताको अवस्थाले मन’