विवाहमा रक्सी पिएर फर्किदा लडेर मृत्यु
शनिबार, १७ मंसिर २०७९, १६ : ०८

विवाहमा भाग लिई घर फर्कने क्रममा एक जनाको लडेर मृत्यु भएको छ। जुम्लाको तिला गाउँपालिका–६ का अन्दाजी ४७ वर्षीय देव रावतको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला-८ मा पर्ने लाछुङथाडी भन्ने ठाउँको गाेरुखाेला भन्ने ठाउँमा उनको लडेर मृत्यु भएको थियो । रावतले मदिरा अत्यधिक रूपमा सेवन गरेको उनको भनाइ छ। प्रहरीका अनुसार विवाहको जन्तीमा सँगैका साथीहरू समयमै घर फर्केकी सकेका थिए भने रावत भन्ने छुट्टै घर फर्केका थिए । अहिले मृतकको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दबाबमा प्रधानमन्त्री
-
प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न महासचिव ‘विप्लव’ बालुवाटारमा
-
उमेश श्रेष्ठको पाँच पन्ने निवेदन : रवि उम्मेदवार नभएपछि मलाई निर्वाचित भएको घोषित गरियोस्
-
रास्वपा सरकारबाट बाहिरिएसँगै पाँच मन्त्रालय मन्त्रीविहीन बन्यो
-
बागमती प्रदेशसभा : १६ सदस्यीय कार्य व्यवस्था परामर्श समिति गठन
-
परवेज मुशर्रफ : सेना प्रमुख देखि सैन्य ‘कू’ र पछि पाकिस्तान छोड्नेसम्मको यात्रा