जुम्लामा लडेर एक पुरुषको मृत्यु
शनिबार, १७ मंसिर २०७९, १९ : २०

जुम्लामा जन्ती गएर घर फर्कने क्रममा एक जनाको मृत्यु भएको छ । तिला गाउँपालिका-६ का अन्दाजी ४७ वर्षीय देव रावतको लडेर मृत्यु भएको हो ।
रावतले अत्यधिक मदिरा सेवन गरेकाले लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए । सँगैका साथीहरू समयमै घर फर्किए पनि उनी नआएपछि खोजी गरिएकोमा तिला १ राराको सेरी बजारबाट घर फर्केका रावतको लडेर मृत्यु भएको हो ।
शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने काम भइरहेको प्रहरी निरीक्षक जोशीले बताए। -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीका भूकम्प पीडितका लागि संकलित राहत सामाग्री जजिरा र टर्किस एयरलाइन्सले सित्तैमा लगिदिने
-
मादी गाउँपालिका केन्द्र हेरफेरविरुद्धको रिट खारेज
-
माओवादी केन्द्रमा पुरानै कार्यविभाजन ब्युँतियो
-
अमेरिकाले नेपालमा गरेको लगानीमा भूराजनीतिक सम्बन्ध छैन : सामन्था पावर
-
‘मेडिकल शिक्षाका विषय चिकित्सा शिक्षा आयोगलाई भारी’
-
सरकारी जग्गाको संरक्षणका लागि ‘एक्सन’मा उत्रिँदै वीरेन्द्रनगर नगरपालिका