इरानमा हालै भएको दङ्गाका क्रममा २०० भन्दा बढीको मृत्यु

इरानको राष्ट्रिय सुरक्षा परिषद्ले इरानमा हालै भएको ‘दङ्गा’मा परी २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको शनिबार जानकारी दिइएको छ । “सरकारी अनुसन्धानले उक्त दङ्गाका कारण २०० भन्दा बढी व्यक्तिको ज्यान गएको देखाएको छ,” परिषद्ले आधिकारिक समाचार संस्था आइआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
हताहत हुनेमा सुरक्षा अधिकारी, सर्वसाधारण, प्रदर्शनकारी र विद्रोही समूहका सत्ताविरोधी सशस्त्र व्यक्ति रहेका छन् । परिषद्ले २२ वर्षीया महसा अमिनीको मृत्युपछि भड्किएको ‘दङ्गा’, नागरिक विरोध नभई ‘विनाश र हिंसा’ भएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक व्यवस्थामा खलल पुर्याउने र कुनै पनि तह र स्थानमा हुने गैरकानुनी जमघटलाई निर्णायक र सहनशीलताबिना सम्बोधन गरिनेछ ।’ गत सेप्टेम्बरमा तेहरानको एक प्रहरी चौकीमा विरामी भएको केही दिनपछि अमिनीको तेहरानको एक अस्पतालमा मृत्यु भएको थियो । सुरुमा उनको गृह प्रान्त कुर्दिस्तानमा सुरु भएको विरोध प्रदर्शन पछि राजधानी तेहरानलगायत अन्य इरानी शहरहरूमा फैलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चोरीको तेल किन्ने दुईवटा पेट्रोल पम्पमाथि १ लाख जरिवाना, ६ महिनाका लागि आपूर्ति बन्द
-
प्रदेशसभा ऐन, कानून निर्माणमा जिम्मेवार हुनुपर्छ : शर्मा
-
पठान फिल्म हेर्न पुगिन् पूर्वरानी कोमल
-
समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक
-
आमालाई बन्चरोले हिर्काएर हत्या गरेको आरोपमा छोरा पक्राउ
-
भारतले घटायो नेपालका लागि बजेट, आर्थिक वर्षका लागि साढे ५ अर्ब दिने घोषणा