ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर
ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ । खेलकुदसम्बन्धी समाचार पोर्टल ‘गोल डटकम’ का अनुसार क्यान्सरको केमोथेरापीमा सुधार नभएपछि पेलेलाई अस्पतालमा प्यालिएटिभ केयरमा सारिएको छ ।
ब्राजिलियन आउटलेट फोल्हाले पनि फुटबल लिजेन्ड पेलेलाई प्यालिएटिभ केयरमा सारिएको र किमोथेरापीले काम नगरको जनाएको छ ।
साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले एक बुलेटिनमार्फत पेलेको अवस्था स्थिर रहेको जनाएको छ । पेलेलाई मंगलबार सो अस्पतालमा पुनः भर्ना गरिएको थियो उपचार प्रक्रिया जारी रहेको छ । ८२ वर्षीय पेले आन्द्राको क्यान्सरबाट पीडित छन् ।
पेलेको खेल जीवनमा ब्राजिलले तीनपटक विश्वकप जितेको थियो। पहिलो पटक १९५८ मा विश्वकप जित्दा उनी केवल १७ वर्षका थिए । त्यसपछि फेरि १९६२ र १९७० मा पनि ब्राजिल विश्व विजेता बन्यो । उनले ब्राजिलका लागि ९२ खेलहरूमा ७७ गोल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीले देशको आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउने
-
परम्परागत पहिरनमा विद्यालय सञ्चालन गर्न म्यागङ गाउँपालिकाको निर्देशन
-
क्यान बैठक : सन्दीपको निलम्बन फिर्ता गर्ने तयारी
-
अस्थायी प्रकृतिका शिक्षक नियुक्त गर्दा पैसा दिनुपर्ने विषयमा छानबिन गर्न निर्देशन
-
अस्ट्रेलियामा कार्यरत नेपाली नर्सले वृद्ध बिरामीहरुलाई थप्पड हानेको स्वीकार
-
महाकाली नदीमा फसेका मजदुरको उद्धार