‘निर्वाचनको नतिजाले केही खतराको संकेत’
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक शुद्धीकरणका लागि बौद्धिक जगतको भूमिका महत्वपूर्ण हुने बताएका छन्। जापानिज युनिभर्सिटिज् आल्मुनाइ एशोशिएसन नेपाल (जुवान) द्वारा शनिबार ललितपुरमा आयोजित ‘जापान स् विगत, वर्तमान र भविष्य विषयक एक दिने सेमिनारमा बोल्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष तिमिल्सिनाले, नेपालमा लामो संघर्षपछि प्राप्त उपलब्धिमाथि अहिलेको निर्वाचनको नतिजाले केही खतरा रहेको संकेत देखिएको बताए । ‘मंसिर ४ गते सम्पन्न निर्वाचनबाट आएको नतिजा सुखद छ त ?,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र तथा अहिलेको बहुदलीय प्रतिस्पर्धामा दलको विकल्प हुँदैन। स्वतन्त्रप्रतिको आकर्षण बढ्नु राम्रो संकेत होइन।‘
अध्यक्ष तिमिल्सिनाले अहिलेको व्यवस्था जोगाउने दायित्व राजनीतिक दलसँगै बौद्धिक समुदायको पनि भएको बताउँदै भने, ‘सुशासन, भ्रष्टाचार र देशमा भएको बेथिति रोक्नका लागि नेता र राजनीतिक दललाई निष्पक्ष सुझाव दिनुहोला। दलप्रति वितृष्णा बढ्नु राम्रो होइन।‘
अहिलेको निर्वाचनमा पनि अधिकांश पुरानै नेता दोहोरिएर निर्वाचित भएकाले सरकारको नेतृत्व पनि उनीहरूले नै गर्ने देखिएको अध्यक्ष तिमिल्सिनाले बताए ।
कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जापानमा उच्च शिक्षा हासिल गरेर नेपाल आएका सबैलाई उच्च सफलताको शुभकामना व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ