दोलखामा माओवादी केन्द्रका कार्कीको अग्रता कायमै

दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गंगा कार्कीले अग्रता कायम गरिरहेका छन् । कार्कीले १३ हजार ३०० मत ल्याउँदा एमालेका बालकृष्ण शिवाकोटीले १२ हजार ७१४ मत ल्याएका छन् । कार्की र शिवाकोटीको मतअन्तर ५८६ रहेको छ ।
दोलखाको प्रदेशसभा १ मा २२ हजार ५५६ मतगणना हुँदा नेपाली कांग्रेसका कुन्दनराज काफ्लेले १० हजार ६६९ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले नौ हजार २११ मत प्राप्त गरेका छन् । प्रदेशसभा २ मा २७ हजार ४८१ मतगणना हुँदा एमालेका भरत केसीले १२ हजार ३३७ र कांग्रेसका बर्मा लामाले १२ हजार २२० मत प्राप्त गरेका छन् । दोलखामा कूल ८५ हजार ३८८ मत खसेको थियोे ।
दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने राजनीतिक दलका १४ र स्वतन्त्र उम्मेदवार सात गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको कार्यतालिका
-
प्रहरीको ३० वर्षे हटाउने प्रस्ताव : घुमिफिरी रुम्जाटार
-
सरकारलाई खर्च जुटाउनै मुस्किल : अघिल्लो वर्षको १ खर्ब ८२ अर्बको टेको
-
संसद्मा उठेका प्रश्नहरूको जवाफ दिने विषयमा सत्तारुढ दलबीचमै मत बाझियो
-
कांग्रेस दुई दर्जन केन्द्रीय सदस्यबीच छलफल, देउवालाई भेटेर ध्यानाकर्षण गराउने निर्णय
-
माओवादी पदाधिकारी बैठक : गृहमन्त्री माओवादीको हुनुपर्नेमा नेताहरुको जोड