अर्जेन्टिना समर्थकको रोनाल्डोलाई शुभकामना पत्र

आदरणीय रोनाल्डो,
फूटबल इतिहासमा विश्वकप फुटबलको महारथी मानिएका मेस्सी अनि तपाईँलाई एकै समयमा समानान्तर तरिकाले दुवै आ–आफ्नो ठाउँमा अलग–अलग प्रतिभा देखाउँदै विश्व रेकर्ड तोड्दै कडा प्रतिस्पर्धीको रुपमा अघि बढिरहेका अब्बल दर्जाका फूटबलर हुनुहुन्छ ।
विश्व फुटबल समर्थकमा तपाईँ अनि मेस्सी दुवै खेलाडी महान हो भन्ने कुरामा दुई मत छैन । त्यसमाथि हाम्रो पुस्ताले दुई महान खेलाडीको खेल हेर्न पाउनु भाग्यमानी ठान्दछौँ । सम्भवतः दुवैजनाको यो अन्तिम विश्वकप हो । अन्तिम विश्वकपको अन्तिम खेल पोर्चुगलविरुद्ध अर्जेन्टिना अर्थात् तपाईँलाई दुई महान खेलाडीको होस् भन्ने चाहना छ ।
यदि विश्वकप यात्रामा आउने खेलहरू दुवै टिमले जित्दै जाने हो भने यो सम्भव पनि छ । यस्तो खेल होस् भनेर सारा फूटबल समर्थकहरूको चाहना छ । विश्व फुटबलले पनि यो इतिहासलाई कोर्न चाहन्छ । एक अर्जेन्टिना र मेस्सी समर्थकको नाताले उक्त खेल अर्जेन्टिनाले जित्दै विश्वकपको ट्रफी उचाल्दै विजयोत्सव मनाओस् भन्ने चाहना त पक्कै हुन्छ नै तर पनि उक्त खेल पोर्चुगलले जितेर तपाईँले ट्रफी उचाल्नु भए नि हामी खुसी नै हुनेछौँ, तपाईंप्रति हाम्रो सधैं उच्च सम्मान रहनेछ । यहाँलाई विश्वकपको फाइनल यात्राको लागि अगणित शुभकामना ।
अर्जेन्टिना समर्थक
कविराज श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई भाडा कम गर्न परिसंघको माग
-
भारतका चर्चित कलाकारले फागुन ९ गते दशरथ रंगशाला तताउने
-
मधेस प्रदेशमा माओवादी असन्तुष्ट, सरकारमा गएन
-
‘उम्मेदवारको नागरिकताका विषयमा किन चुक्छ आयोग ?’ यसो भन्छन् प्रमुख निर्वाचन आयुक्त थपलिया
-
नेपाल–मलेसिया श्रमिक सहकार्य समझदारी परिमार्जन गर्ने सहमति
-
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ? (सूचीसहित)