शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोविन्द साह ‘आजाद’ का कलाकृतिहरू लण्डनमा प्रदर्शन

आइतबार, १८ मङ्सिर २०७९, ०६ : ३४
आइतबार, १८ मङ्सिर २०७९

युवा  नेपाली कलाकार गोविन्द साह ‘आजाद’ का कलाकृतिहरू लन्डनको प्रतिष्ठित अक्टोबर ग्यालरीमा प्रदर्शनी भइरहेका छन् । लाइनेन र क्यानभासमा तेल र एक्रेलिकको मद्दतले उनले सिर्जना गरेका ठूला तथा साना कलाकृतिहरु २८ जनवरी २०२३ सम्म प्रदर्शनमा  रहने जनाइएको छ।

‘अनुपस्थित उपस्थित’ नाम दिइएको उनको कलाकृतिको बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले प्रदर्शनीको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै राजदूत आचार्यले कलाकार आजादका कलाकृतिहरुमा रंग, गतिशीलता र सृजनशीलताको बेजोड संगम रहेको बताए।

पूर्वीय दर्शनले मानिसको जीवनलाई द्वैत रुपमा हेर्ने गरेको बताउँदै राजदूत आचार्यले कलाकार आजादले पूर्वीय दर्शनलाई आफ्ना कलाकृति मार्फत अत्यन्त राम्रोसंग अभिव्यक्त गरेको बताए। उनले नेपाल र बेलायतबीच रहेको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा पुराउन यस्ता प्रदर्शनीहरुले योगदान गर्ने धारणा पनि व्यक्त गरे।

कार्यक्रममा अक्टोबर ग्यालरीकी निर्देशक चिली हवेसले कलाकार आजादका कलाकृतिहरुको चौथोपटक एकल प्रदर्शन गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताइन्। उनले आजादका कलाकृतिहरुमा स्पष्टता, साहस र दूरदृष्टि पाएको पनि बताइन्।

कार्यक्रममा सहभागी बेलायतका लागि नेपाल पर्यटन बोर्डका  दूत महन्त श्रेष्ठले एकजना नेपाली कलाकारले लन्डनको मुटुमा एकल कला प्रदर्शनी आयोजना गर्नु गौरवको कुरा भएको बताए। उनले यसबाट धेरै कला पारखीले नेपाल र नेपालीको बारेमा बुझ्नुका साथै नेपालको पर्यटन प्रवर्धनमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गरे।

कलाकार आजादले उनका  कलाकृतिहरु गत महिना अबुधाबी कला मेलामा पनि प्रदर्शन गरेका थिए । बादलप्रेमी आजादका कलाकृतिहरुले  पृथ्वी र आकाशबीच सेतुको रुपमा रहेको बादललाई प्रतिनिधित्व गरेको हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप