बर्मामा ७ विद्यार्थीलाई मृत्युदण्डको सजाय सुनाइयो

म्यानमारको जुन्ता सरकारले यस साता थप सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । यससँगै सेनाले मृत्युदण्ड सुनाएको व्यक्तिको संख्या १३९ पुगेको राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघले म्यानमारको सेनाले विरोधीलाई दमन गर्न मृत्युदण्डलाई औजारको रूपमा प्रयोग गरेको आरोप लगाएको छ। सन् २०२१ को फेब्रुवरीमा आङ सान सुकीको नागरिक सरकारलाई सेनाले कु गरेपछि म्यानमारमा राजनीतिक उथलपुथल बढेको छ ।
यसै साता सेनाको एक अदालतले कम्तीमा ७ जना विश्वविद्यालयका विद्यार्थी (छात्र) लाई मृत्युदण्डको सजाय सुनाएको मानवअधिकारका लागि राष्ट्रसंघका आयुक्त भोल्कर टर्कले एक विज्ञप्तिमा बताएका छन् ।
यांगुनस्थित विश्वविद्यालयका विद्यार्थीहरूलाई अप्रिलमा गिरफ्तार गरिएको थियो । उनीहरूमाथि बैंक गोलीबारीमा संलग्न भएको आरोप लगाइएको थियो । ‘विद्यार्थीहरूलाई मृत्युदण्ड दिनु सेनाले बदला लिने कार्य हो’ डागन विश्वविद्यालयको विद्यार्थी संघले एक विज्ञप्तिमा भन्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटा माओवादीको केन्द्रीय सदस्यमा मनोनित
-
कांग्रेसबाट पन्त र गुरुङमध्ये एक राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बन्ने
-
के छ माधव नेपालको २५ पृष्ठको राजनीतिक प्रतिवेदनमा (पूर्णपाठ)
-
माओवादीले दुई महिने पार्टी सुदृढीकरण अभियान चलाउने, रिपोर्ट बनाउने
-
लापसे गरेर गाडी चलाउँछन् चालक
-
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु