बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीमा आधुनिक सभाहल निर्माण

आइतबार, १८ मङ्सिर २०७९, ०७ : ५२
आइतबार, १८ मङ्सिर २०७९

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा दुई सय क्षमताको बहुउद्देश्यीय सभाहल निर्माण भएको छ । अन्नपूर्ण–६ घारका वडाध्यक्ष रामबहादुर खड्काले सभाहलको पूर्वाधार निर्माण, रङ्गरोगन, झ्याल, ढोका, विद्युत् जडानको काम सकिएको बताए ।

“गत वर्ष सुरुआत भएको सभाहल निर्माण योजनालाई यसपालि पनि बजेट विनियोजन गरेर पूर्णता दिएका छौँ”, उनले भने, “कुर्ची, टेबुललगायत फर्निचर व्यवस्थापन गरेर व्यवस्थित किसिमले सभाहल सञ्चालन गर्छौँ ।” 


आर्थिक वर्ष २०७८÷७९ मा दुई चरणमा रु २५ लाख विनियोजन भएको सभाहल निर्माणका लागि गाउँपालिकाले चालु आव २०७९÷८० मा रु छ लाख ५० हजार विनियोजन गरेको छ ।

उपभोक्ता समितिमार्फत सभाहल निर्माण गरिएको वडाध्यक्ष खड्काले बताउनुभयो । सभाहलभित्र स्टेज पनि बनाइएको छ । सभाहल निर्माण भएपछि तालिम, गोष्ठी, भेला, बैठक, सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सहज हुने भएको छ । 

यसअघि संरक्षण क्षेत्र व्यवस्थापन समितिको भवन रहेको ठाउँमा सभाहल निर्माण गरिएको हो । पुरानो भवनमा रहेको प्रहरी चौकीलाई स्थानान्तरण गरिएको थियो । सभाहल नजिकै यसअघि नै वडा कार्यालय भवन निर्माण भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप