शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाजुरा प्रदेशसभा २ मा कांग्रेसका शाही निर्वाचित

आइतबार, १८ मङ्सिर २०७९, ०८ : ५६
आइतबार, १८ मङ्सिर २०७९

बाजुराको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणामअनुसार उनी २० हजार ११९ मत ल्याएर निर्वाचित भएका हुन् । 

शाहीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत ल्याए । ०७४ मा प्रतिनिधिसभामा निर्वाचित थापा यसपटक प्रदेशसभा सदस्यमै पराजित भएका छन् । बाजुराको प्रदेशसभा १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही निर्वाचित भएका छन् । ०७४ मा तीन सिट जितेको एमाले यसपटक बाजुरामा निल भएको छ । प्रतिनिधिसभामा पनि कांग्रेसका बद्री पाण्डे निर्वाचित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप