बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साताको कार्टुन : ‘किङ्मेकर’ को विकल्प खुला !

आइतबार, १८ मङ्सिर २०७९, १० : ०३
आइतबार, १८ मङ्सिर २०७९

आम निर्वाचनको परिणाम अन्तिम चरणमा पुगेसँगै नयाँ सत्ता समीकरणका लागि दौडधुप सुरु भएको छ । आगामी सरकारको नेतृत्व यही सत्तारुढ गठबन्धनले गर्छ कि नयाँ समीकरण बन्छ भन्नेमा विभिन्न आङ्कलनहरू भइरहेका छन् । 

कुनै पनि दलले स्पष्ट बहुमत नपाएको अवस्थामा चुनावबाट तेस्रो शक्तिका रूपमा उदाएको नेकपा माओवादी केन्द्र यसपटक पनि सत्ता निर्माणमा ‘किंगमेकर’ देखिएको छ । ठुलो दलको रूपमा कांग्रेसले नयाँ सरकारको नेतृत्वमा दाबी गरिरहँदा माओवादीले आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि सबै ‘विकल्प’ हरू खुला राख्ने निर्णय गरेको छ । एमालेसँग पनि नयाँ सरकार निर्माणका लागि छलफल गर्ने माओवादीको भनाई छ । 

अबको केही दिन सत्ता समीकरणको रस्साकस्सीमा नै बित्ने पक्का छ । कसले बहुमत साबित गरेर सरकारको नेतृत्वमा दाबी गर्छ, त्यसका लागि लागि भने केही समय पर्खनु नै पर्नेछ । हेरौँ साताको कार्टुन :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप