बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल बैंकद्वारा नेपालगञ्ज र जानकीमा ‘गो क्यासलेस’ अभियान

आइतबार, १८ मङ्सिर २०७९, १० : ४०
आइतबार, १८ मङ्सिर २०७९

सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरेबमोजिम नेपालगञ्ज र जानकीमा छुट्टाछुट्टै कार्यक्रमहरुको आयोजना गरेको छ । जानकीमा आयोजित गो क्यासलेस अभियान सोही गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरीयाको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा जानकी गाउँपालिका वडा नं १का अध्यक्ष सुरेस कुमार चौधरी, फोन पेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा, अस्थायी प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरिक्षक सुरत बहादुर बोहरा, दुर्गौली बजार व्यवस्थापन समितिको अध्यक्ष अमर बहादुर बिष्टलगायतको उपस्थिति रहेको थियो । 

त्यसैगरी नेपालगन्जमा आयोजित गो क्यसलेस अभियानको उद्घाटन नेपालगंज उपमहानगरपालिकाको उपमेयर कमोरद्दिन राईको प्रमुख आतिथ्यता सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपालगंजका उपनिर्देशक छवी लाल घिमिरे, नेपालगंज उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय, बॉकेका प्रमुख  प्रहरी निरिक्षक हिमालय शाहलगायत सहभागी थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप