एनएलजीले घोषणा गर्यो १० प्रतिशत बोनस सेयर
आइतबार, १८ मंसिर २०७९, ११ : ११

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको ३८२ औं सञ्चालक समितिको बैठकले गरेको प्रस्तावअनुसार गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर दिने भएको हो ।
चुक्ता पूँजी १ अर्ब ३२ लाख ६६ हजार रूपैयाँको १० प्रतिशतले हुन आउने १३ करोड २६ लाख ६१ हजार रूपैयाँ बराबरको बोनस सेयर वितरण हुनेछ । यस्तै, कम्पनीले कर प्रयोजनका लागि भनेर ०.५२६ प्रतिशतका दरले हुन आउने ६९ लाख ८२ हजार १८१ रूपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिको बैठकले गरेको लाभांश वितरणको प्रस्ताव आगामी वार्षिक साधारणसभाले स्वीकृत गर्नुपर्नेछ ।