यस्तो छ ‘डेसान’ को रोमान्टिक गीत
फिल्म ‘डेसान’ले रोमान्टिक गीत ‘आइ लभ यु’ सार्वजनिक गरेको छ । प्रताप दास र प्रविशा अधिकारीको स्वर, राजु थापाको शब्द रहेको गीतमा हरि लम्सालको संगीत छ । कमल एक्चै मगर निर्देशन रहेको फिल्ममा नव अभिनेता, अभिनेत्रीद्वय निशान चौहान र पुनम थापालाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।
अबको शुक्रबार अर्थात् २३ मंसिरबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्ममा पारिवारिक प्रेम, विश्वास, घात तथा बदलाको कथा उठान गरिएको छ । सामाजिक महामारीको कथाको रुपमा व्याख्या गरिएको फिल्ममा निशान र पुनमका साथमा भोला सापकोटा,नम्रता सापकोटा,कविता आले, आरुषजंग सारु, मलिका बस्नेत, प्रमीशा सारु मगर लगायतको अभिनय छ । केही समयअघि सार्वजनिक फिल्मको ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
पर्फमिङ आर्ट कृयसनको ब्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्मको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको फिल्ममा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको फिल्मको वितरण एफडि, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण