आइतबार, १५ माघ २०७९
ताजा लोकप्रिय

रौतहटमा ठूलो परिमाणमा गाँजा बरामद

आइतबार, १८ मंसिर २०७९, १२ : ०३
आइतबार, १८ मंसिर २०७९

रौतहट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । रौतहटको सदरमुकाम गौरमा जमिनमुनि लुकाएर राखेको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो।  प्रहरीले गाँजा ढुवानी गरेर ल्याएको आरोपमा ट्रक र चालकलाई समेत नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट शनिबार खटिएको प्रहरी टोलीले गौर ३ स्थित कुखुरा फर्ममा छापा मारेर १ क्विन्टल ८० किलोग्राम गाँजा बरामद गरिएको  एसपी वीरबहादुर ठाडा मगरले बताए ।  गाँजा ढुवानी गरेको आरोपमा प्रदेश ०१-००६-ख २८३० नम्बरको ट्रक र मकवानपुर आरा ३ का २१ वर्षीय चालक  सुरेन्द्र स्याङतान सहितलाई नियन्त्रणमा लिइएको एसपी मगरले जानकारी दिए ।

मकवानपुरबाट ट्रकमा ल्याइएको गाँजा नियन्त्रणमा लिइएको जिल्ला प्रहरीका निमित्त प्रवक्ता डीएसपी उमाशंकर यादवले जानकारी दिए । कुखुरा फर्म सञ्चालक भारतीय नागरिक फिरोज मिया भने हालसम्म फरार रहेको र उनको खोजी भइरहेको प्रवक्ता यादवले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप