बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चिकेन स्टेसनले सुरू गर्‍यो २३ दिने कार्निभल, आकर्षक छुटमा चिकेन आइटमको स्वाद

आइतबार, १८ मङ्सिर २०७९, १२ : ०४
आइतबार, १८ मङ्सिर २०७९

चिकेन स्टेसनले २३ दिने कार्निभल सुरू भएको छ । स्टेसनले अंग्रेजी नयाँ वर्ष र क्रिस्मटसलाई लक्षित गर्दै डिसेम्बर १ देखि २३ तारिखसम्म कार्निभल सञ्चालन गर्ने भएको हो । यस्तै, स्टेसनले विश्वकपको रौनकलाई समेत लक्षित गरेको छ ।

कार्निभलमा सेवाग्राहीले आकर्षक छुटसहित चिकेन स्टेसनमा चिकेन आइटमको स्वाद चाख्न पाउँछन् । उत्कृष्ट छुटसहित सञ्चालन भएको कार्निभलमा सस्तो दरमै चिकेन फ्राइ क्रन्चिको स्वाद चाख्न पाइने कम्पनीले जानकारी दिएको छ ।

यसअघि, प्रतिपिस २१० रुपैयाँ पर्ने चिकेन पिसलाई कार्निभलमा १५९ रुपैयाँ मात्रै पर्ने छ । यस्तै, २ पिस चिकेन फ्राइ क्रन्चिको मूल्य जम्मा ३१५ रुपैयाँ छ । यसअघि, उक्त परिमाणको फ्राइ चिकेन पिसको मूल्य ४१० रुपैयाँ पथ्र्यो । यस्तै, कार्निभलको समयमा ३ पिस फ्राइ चिकेनको मूल्य ६३० रुपैयाँ पर्ने जनाइएको छ ।

यसैगरी, चिकेन स्टेसनमा पाइने मेनू हट विङ्स र चिकेन पपकर्नमा समेत उत्कृष्ट छुट पाइने बताइएको छ । यो कार्निभल देशभर सञ्चालनमा रहेका चिकेन स्टेसनका आउटलेटमा सञ्चालन भइरहेको हो । उपत्यकाका २७ सहित देशभर सञ्चालनमा रहेका ३८ वटै आउटलेटमा कार्निभलको मज्जा लिन पाइने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप