शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सुन्दर बजार’ बनाउँदै कबड्डीका निर्देशक रामबाबु

आइतबार, १८ मङ्सिर २०७९, १२ : ०९
आइतबार, १८ मङ्सिर २०७९

‘कबड्डी’ सिक्वेलमा ४ हिट फिल्म दिएका निर्देशक रामबाबु गुरुङ नयाँ फिल्म ‘सुन्दर बजार’ निर्माण गर्दैछन् । माघबाट छायांकन गर्ने सोचका साथ उनले फिल्मको तयारी थालेका हुन् । नयाँ तथा पुराना कलाकारको अभिनय रहने फिल्मका लागि को–को कलाकार फाइनल भए अहिले सार्वजनिक गरिएको छैन । फिल्मका लागि केही समय अगाडि कलाकारको अडिसन समेत आह्वान गरिएको थियो । कलाकार छानिए वा बाँकी छ । त्यसको जानकारी गराइएको छैन ।

श्रोतका अनुसार रामबाबुले बनाउन लागेको नयाँ फिल्म माघको हुस्सुमा खिचिनेछ । तराईको विभिन्न जिल्लामा फिल्मको छायांकन हुन बताइन्छ । गुरुङ निर्देशित पछिल्लो फिल्म ‘फूलबारी’ फागुनको ५ गतेबाट रिलिज हुँदैछ । यो बर्ष रामबाबुले ‘कबड्डी ४’ नामक ब्लकबस्टर फिल्म दिइसकेका छन् । उनको नयाँ फिल्म ‘फूलबारी’ पनि हिट हुने अपेक्षा गरिएको छ ।

फिल्म ‘सुन्दर बजार’ को कलाकार तथा प्राविधिक पक्षको सम्पूर्ण जानकारी केही समयपछि दिने तयारी रामबाबुको  रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप