शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ता सहमति नजिक

आइतबार, १८ मङ्सिर २०७९, १२ : २२
आइतबार, १८ मङ्सिर २०७९
कोलम्बियाको सरकार र इएलएन विद्रोही समूहबीचको शान्ति वार्ता सहमतिको पहिलो विन्दुमा पुगेको राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् । वेस्टर्न एन्टिओकिया प्रान्तको भ्रमणका क्रममा राष्ट्रपतिले उक्त जानकारी दिएका हुन् ।

द्वन्द्वका कारण विस्थापित आदिवासी जनजातिलाई प्रदेशमा आफ्नो भूमिमा सुरक्षित फिर्ताको सुनिश्चितता गर्न दुवै पक्ष सहमत भएका उनले बताए । कोलम्बियामा विगत ६ दशकदेखि द्वन्द्व भइरहेको छ । 

वामपन्थी नेसनल लिबरेसन आर्मी (इएलएन) देशमा रहेको अन्तिम विद्रोही समूह हो, जुन अझै पनि युद्धमा सक्रिय छ । गत महिना नेता पेट्रोले चुनाव जितेपछि तीन वर्षको अन्तरालपछि दुई पक्षबीच वार्ता भएको थियो । 

उनी देशको पहिलो वामपन्थी राष्ट्रपति हुन् । एम १९ विद्रोही समूहका पूर्व सदस्यसमेत रहेका पेट्रोले अगस्टमा राष्ट्रपतिको पद सम्हालेका थिए । पद सम्हाल्दै गर्दा उनले कोलम्बियामा शान्ति स्थापना गर्ने बाचा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप