बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्लेयर टू वाच : वेइजेक स्टेस्ने, पोल्याण्ड

पोजिसन : गोलकिपर, उमेर : ३२ वर्ष
आइतबार, १८ मङ्सिर २०७९, १२ : २६
आइतबार, १८ मङ्सिर २०७९

पोल्याण्डका भेट्रानहरु गोलकिपरले आफ्नो करियरको लामो समय आर्सनल र युभेन्टसमा बिताएका छन् । यसक्रममा उनले इटालियन सिरिए एको उपाधि तीनपटक तथा इंग्ल्यिस र इटालियन कप उपाधि जितेका छन् । 

इटालियन लिगमा २ सयभन्दा बढी खेल खेलिसकेका स्टेस्नेले त्यसअघि प्रिमियर लिगमा पनि १५० खेल खेल खेलेका थिए । त्यस्तै, यूईएफए च्याम्पियन्स लिगमा पनि उनले ७० खेल खेलिसकेका छन् ।

सन् २००९ मा पोल्याण्डका लागि डेब्यू गरेका उनले ६९ खेल खेलिसकेका छन् । जारी विश्वकपमा पोल्याण्डलाई नकआउट चरणमा पुर्‍याउन उनले मुख्य भूमिका खेलेका छन् । हालसम्म उनले दुई गोलमात्र खाएका छन् भने अर्जेन्टिना विरुद्धको खेलमा लियोनेल मेस्सीको पेनाल्टीसमेत रोकेका थिए । अन्तिम १६ मा फ्रान्सको सशक्त फरवार्ड लाइनलाई रोक्न उनको भूमिका महत्त्वपूर्ण हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप