शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता सहकार्यका लागि ओलीले पठाए देउवालाई सन्देश

आइतबार, १८ मङ्सिर २०७९, २२ : ५५
आइतबार, १८ मङ्सिर २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाएका छन्  ।

कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । 

सिंहको सचिवालका अनुसार पहिला प्रधानमन्त्री देउवालाई भेटेर नेता सिंह ओली भेट्न बालकोट पुगेका हुन् । प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिंह र झापा– ५ निर्वाचित ओलीबीच बधाइ साटा साटसँग आगामी सत्ता सहकार्यबारे कुराकानी भएको पाइएको छ ।

ओलीसँग भएको कुराकानीबारे सिंह बुधबार साझा बालुवाटार गएर प्रधानमन्त्री देउवालाई विफ्रिङ गरेका थिए । ‘सत्ता गठबन्धन बहुमत पुग–नपुग अवस्थामा छ । पुतली जस्तो सरकार बनाउनु भन्दा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनाएर जान सकिन्छ । हामी त्यसका लागि तयार छौं । तपाईको सभापतिलाई भन्नुहोला,’ ओलीको सन्देश थियो ।  सिंहले ओलीको उक्त सन्देश देउवालाई सुनाइसकेका छन् ।

वर्तमान गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेका देउवाले ओलीको सन्देशलाई पनि ‘नोटिस’मा राखेको बालुवाटार स्रोतको दाबी छ । देउवा र सिंहसँग निकट रहेका कांग्रेसका एक नेताले भने, ‘सभापतिजीको पहिलो प्राथमिता वर्तमान गठबन्धन नै हो । तर ओलीजीको सन्देशलाई पनि सकारात्मक रुपमा लिनु भएको छ ।’ सत्ता गठबन्धन सम्बद्ध कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र लोसपाको १३४ सिट पक्का जस्तै छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार जनमत पार्टीलाई साथमा लिएर १४० सिटसहित नयाँ सरकार बनाउने देउवाको गृहकार्य छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन आफू सकारात्मक रहेको बताइसकेका छन् । वर्तमान गठबन्धनलाई अगाडि बढाउने विषयमा गडबड भए मात्र एमाले मिलेर सरकार बनाउन कांग्रेसले कसरत गर्ने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप