पत्रकार भट्टराईप्रति श्रद्धाञ्जली
आइतबार, १८ मंसिर २०७९, १३ : ३१

सप्तरीका पत्रकार एवं मधेस प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराईको पार्थिव शरीर नेपाल पत्रकार महासंघ सप्तरीको प्रारङ्गणमा राखिएको छ ।
एक कार्यक्रममा सहभागी हुन सप्तरी पुगेका पत्रकार भट्टराईको निधन त्यहींको एक होटलमा भएको थियो । आज बिहान उनको पार्थिव शरीरमा विभिन्न विशिष्ट व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
श्रद्धाञ्जली दिनका लागि मधेस सरकारका मुख्यमन्त्री लालबाबु राउत, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा वरिष्ठ व्यक्तिहरू पुगेका नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले बताए । भट्टराईको आजै दाहसंस्कार हुने अध्यक्ष देवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
चौधरीको चुनौती : न राजा पुनः स्थापित हुन्छन् न हिन्दुराज्य !
-
जापानद्वारा नेत्रज्योति संघलाई स्वास्थ्य उपकरण हस्तान्तरण
-
संसदमा धवलशमशेर राणा : राजासहितको हिन्दु राष्ट्र स्थापना गर्न आएका छौँ, संविधानले रोक्न सक्दैन
-
सांसद बलायरको प्रश्न–सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको डीपीआर तयार किन गरिएन ?
-
संसदमा रघुजी पन्त र शक्ति बस्नेतको भनाई विरुद्ध ज्ञानेन्द्र शाहीको नियमापत्ति