अमेरिकन चेम्बर अफ कमर्श नेपालको अध्यक्षमा पुनः शाह

अमेरिकन चेम्बर अफ कमर्स नेपाल (एचाम) को अध्यक्षमा पुनः अजित शाह चयन भएका छन् । संस्थाको पहिलो वार्षिक साधारण सभाले अध्यक्षसहित वर्तमान कार्यसमिति पदाधिकारी र सदस्यहरूलाई अर्को कार्यकालका लागि पुनः अनुमोदन गरेको हो ।
समितिमा चेम्बरका अध्यक्ष अजित शाह रहेका छन् भने उपाध्यक्षमा निर्मलकाजी श्रेष्ठ, कोषाध्यक्ष कैलाश विजयानन्द र सदस्यहरूमा अतुल्य रिसाल, असिममान सिंह बस्न्यात, आकाश गोल्छा, जयदिन श्रेष्ठ र सेमन्त दाहाल रहेका छन् ।
सभालाई सम्बोधन गर्दै एचाम नेपालका अध्यक्ष शाहले अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको विकास सदस्य कम्पनीको मजबुत सहकार्य, क्षेत्रीय सञ्जाल, युएस चेम्बर अफ कमर्स र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यबाट सम्भव भएको बताए । उनले थपे, ‘हामीले आर्थिक समिति, नीति तथा वकालत समिति र सञ्जाल समितिमा वर्षभरि राम्रो प्रगति गरेको हाम्रा सदस्यहरूबीच गरिएको सर्वेक्षणबाट प्राप्त तथ्यांकले देखाएको छ ।’
एचाम अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरुको साझा सञ्जाल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सभा उपनिर्वाचनको अङ्कगणित : एमाले ढुक्क, कांग्रेस चलखेलको प्रयासमा
-
यस्तो छ क्रिकेट खेलाडीको नयाँ वर्गीकरण, को कुन ग्रेडमा ?
-
सन्दीपको निलम्बन फुकुवा : के भएको थियो बोर्ड बैठकबाट निर्णय पारित हुँदा ?
-
नेपाली काँग्रेस लुम्बिनीमा २१ वटा विभाग गठन , कोको समेटिए ?
-
परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन परामर्श गरिनेछ : परराष्ट्रमन्त्री पौड्याल
-
भारत सरकारले ल्यायो ४५ लाख करोड भारुको बजेट, कस्ता छन् योजना ?