कहिले हुन्छ नवनिर्वाचित सांसदको सपथ र सभामुख चयन ?

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । निर्वाचन सकिएसँगै नयाँ संसद बैठक कहिलेदेखि सुरु हुन्छ भन्नेमा चासो बढेको छ । प्रत्यक्ष तथा समानुपातिक तर्फको अन्तिम मतपरिणाम एक–दुई दिनभित्रमा आइसक्ने आयोगले जनाएको छ । निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुको समेत टुङ्गो लगाएर नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको विवरण संघीय संसदलाई उपलब्ध गराउने व्यवस्था रहेको छ ।
आयोगले नवनिर्वाचित सांसदहरुको विवरण पठाएको केही दिनभित्रै विशेष कार्यक्रम राखेर सांसदहरुको सपथ गराइने संघीय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए । सांसदहरुलाई संसदमा रहेका सदस्यहरू मध्ये जेष्ठ सदस्यले सपथ गराउनेछन्, त्यसअघि उनले राष्ट्रपतिबाट सपथ लिने व्यवस्था रहेको छ । सांसदहरुले सपथ लिएर पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित गर्ने व्यवस्था रहेको छ ।
सांसदहरुको सपथ कहिले गर्ने भन्नेबारेमा अझै निश्चित भइनसकेको प्रवक्ता डा. पाण्डेले बताए । आयोगको पत्र आएपछि सांसदहरुलाई सपथ गराउने कार्यक्रमबारे पत्र पठाउनुपर्ने हुन्छ । निर्वाचन आयोगले जति छिटो नवनिर्वाचित सांसदको विवरण सचिवालयमा पठाउँछ त्यति छिटो सपथ हुने उनले बताए । निर्वाचन आयोगले यसअघि मंसिर २० गतेसम्म निर्वाचन परिणाम टुङ्गो लगाएर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसंघका महासचिवद्वारा घृणायुक्त भाषण रोक्न आह्वान
-
इजरायली प्रधानमन्त्री नेतान्याहुले सुरक्षाबारे निर्णय लिँदै
-
बसको ठक्करबाट स्याङ्जामा एक बृद्धको मृत्यु
-
पत्रकार न्यौपानेको ‘घरको शिक्षा’ लोकार्पण
-
विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छ : मन्त्री गिरी
-
दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन