शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिडिया र मनोरञ्जन क्षेत्रका विषयमा २ दिनसम्म छलफल

आइतबार, १८ मङ्सिर २०७९, १५ : ०९
आइतबार, १८ मङ्सिर २०७९

मिडिया र मनोरञ्जन क्षेत्रको विषयमा २ दिने छलफल तथा अन्तर क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।  एसबी सर्भिसेस, मिडिया इन्टरटेन्मेन्ट स्किल काउन्सिल र पुर्वाञ्चल विश्व विद्यालयले काठमाडौंमा २ दिने ‘राउण्ड टेवल डिस्कसन अन एकेडेमिया इन्डस्ट्री एलायन्स इन मिडिया एण्ड इन्टरटेनिमेन्ट सेक्टर’ कार्यक्रम गरेका हुन् । 

कार्यक्रममा विभिन्न विज्ञहरुले नेपालको मिडिया र चलचित्र क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरूको बारेमा चर्चा गरेका थिए । कार्यक्रमको समापन गर्दै बलिउड डाइरेक्टर पद्यश्री रमेश सिप्पीले कार्यक्रम निकै फलदायी भएको बताए । 

‘नेपाल र भारत समान धर्म संस्कृति भएको देश हो । हामी दुवै देशका भावना तथा कथालाई समेट्ने गरी काम गर्न सक्छौं । म यो पटक नेपाल आउँदा जती सोचेको थिए त्यो भन्दा उपलब्धि भएको महसुस गरेको छु,’ उनले भने ।   

नेपाल र भारत दुवै संस्कृतिक रुपमा धनी भएकाले दुवै देशले मिलेर अघि बढ्न सकेमा मिडिया र इन्टरटेन्मेन्ट क्षेत्रमा धेरै अघि बढ्न सकिने मिडिया एण्ड इन्टरटेनिमेन्ट स्किल काउन्सिल सीईओमोहित सोनीले बताए । उनले यसको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्न तयार भएको समेत स्पष्ट पारे । 

शैक्षिक क्षेत्रबाट सञ्चार र मनोरञ्जन क्षेत्रमा धेरै प्रगति गर्न सकिने त्रिभुवन विश्वविद्यालयका इनोभेसन आईटी सेन्टरका निर्देशक सुवर्ण शाक्यले बताए । ‘दक्ष जनशक्ति उत्पादन गर्न नेपालका विश्वविद्यालयसँग सहकार्य गर्न पनि सकिन्छ । यो क्षेत्रका सबै विज्ञ तथा उद्योगीहरूलाई विश्वविद्यालयहरूमा इन्क्युबेशन सेन्टरहरू स्थापना गर्न म हरसम्भव प्रयास गर्छु । यसका लागि हामीलाई पीपीपी मोडल राम्रो हुन्छ,’ शाक्यले भने । 

आफुहरुले विद्यार्थी, कलेज, अनुसन्धानकर्ता र उद्योगहरूलाई प्रविधिमाा जोड्न चाहेको आइएमएसके डट नेटका संस्थापक जय नरेशले बताए । 


‘महत्वपुर्ण सम्भावनाहरुका कारण आज सबैले मेटावर्सको बारेमा कुरा गरिरहेका छन् । यो ट्रिलियन डलरको उद्योग हो । मेटाभर्समा काम गरेका साना कम्पनीहरूको पनि बिलियन डलरको मूल्य छ,’ उनले भने ।  भिआरको मद्धतले मनोरञ्जन मात्र मात्र नभई शिक्षा, अटोमोवाइल, निमार्ण, स्वास्थ्य लगायतको क्षेत्रमा पनि धेरै मद्धत गर्न सक्ने उनले स्पष्ट पारे । 

आफुहरुले नेपालका स्टुडियोबाट आउटसोर्सिङ गर्न चाहेको र नेपालका स्टुडियोहरुसगँ सहकार्य गर्न पाउँदा धेरै खुसी लाग्ने टुल्ज एनिमेसन इन्डिया प्रालीका कार्यकारी निर्देशक शशी कुमारले बताए । ‘हामी हरेक वर्ष ६ देखि ८ हजार मिनेटको कन्टेन्ट विकास गरिरहेका छौं । यसका हामी नेपालसगैँ अघि बढ्न सक्छौं,’ उनले भने । 

पछिल्लो समय नेपालमा एनिमेसन र भिएफएक्सको प्रयोग धेरै बढिरहेकाले अवसरहरु पनि धेरै रहेको सह–संस्थापक हाइब्रिड ३६० आर्ट टेक प्रालिका निर्देशक जि बालचन्द्रले बताए । ‘हामीले यी काम नेपालबाट आउट सोर्सिङ गर्न सक्छौं । त्यसबाट नेपालमा राम्रो वैदेशिक लगानी भित्राउन सकिन्छ । यहाँ युवाहरुको संङ्ख्या ४० प्रतिशत (१६देखि ३५ वर्ष) र यहाँको साक्षरता दर ६७ प्रतिशत भन्दा धेरै भएकाले नेपालमा यसको सम्भावना धेरै छ । यो क्षेत्रमा अघि बढ्न विद्यार्थीहरूको लागि सही तालिम र सीपहरू प्रदान गर्नु पर्छ,’ उनले भने । 

भारत पहिले नै एआर र भिआरको हब बनिसकेको र नेपालमा पनि यसको प्रचुर सम्भावना भएको प्रिसाइजका सीईओसरथ कुमारले बताए । ‘नेपालमा तुलनात्मक रुपमा कम लागत हुने भएकाले राम्रो सम्भावना देखिएको हो । हामीले अहिलेदेखिनै विद्यार्थीहरूका लागि इन्क्युबेशन सेन्टर स्थापना गरेर सिक्न र कमाउन वातावरण बनाउन सक्छौं,’ उनले भने । 

नेपालमा प्राकृतिक सुन्दरतासगैँ एआर र भिआरका क्षेत्रमा पनि धेरै राम्रो गर्न सक्ने निचानी फिल्म्स अमरलाल जी निचानी बताउछन् । ‘नेपालले अहिले यो क्षेत्रमा खास्सै राम्रो गर्न नसकेको भएपनि भविस्यमा निकै राम्रो सम्भावना छ,’ उनले भने । 

नेपालको फिल्मी क्षेत्र विकासका लागि यो छलफल निकै महत्वपूर्ण सावित हुने चलचित्र निर्माता तथा नेपाल उद्योग वाणिज्य महासघंका सदस्य आकाश अधिकारी बताउछन् । ‘हामी नेपालको फिल्म बजार सुधार्ने बाटो खोजिरहेका छौं । यसको लागि हामी तपाईहरुको शिपर क्षमता निकै महत्वपूर्ण हुनेछ । त्यसैगरी तपाईहरुलाई पनि हामी कुनै पनि प्रकारको सहयोग गर्न तयार छौं ।

एआर भिआरले नेपालको पर्यटन क्षेत्रमा धेरै परिवर्तन ल्याउन सक्ने नेपाल उद्योग वाणिज्य महासघं सदस्य ज्योत्सना श्रेष्ठले बताइन् । ‘हामीले यसको मद्धतले संसारभरीका मान्छेलाई हाम्रो पर्यटकिय क्षेत्रको बारेमा जानकारी दिन सक्छौं । नेपालको पर्यटन क्षेत्रमा अझै पनि धेरै कुरा खोज्न बाकीँ छ,’ उनले भनिन् । 

कार्यक्रमको पहिलो दिनमा बलिउड निर्देशक पद्यश्री रेमेश सिप्पी, एसबी सर्भिसेस प्रालिका अपरेसनन डाइरेक्टर अशोक कुमार, प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले, मिडिया एण्ड इन्टरटेन्मेन्ट स्किल काउन्सिल भारतका प्रमुख कार्यकारी अधिकारी मोहित सोनी, पूर्व मन्त्री गणेश साह, टुन्ज एनिमेसनका कार्यकारी निर्देशक शशीकुमार, प्राइम फोकसका अभिषेक, अभिनेत्री किरण जटेजा, प्रिसाइजका सीईओ सरथ कुमार र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले मन्तव्य राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप