बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णाली प्रदेशसभामा ‘बाबु पुस्ता’को वर्चश्व

यस्तो छ नवनिर्वाचित सांसदको उमेर समूह
आइतबार, १८ मङ्सिर २०७९, १५ : ३६
आइतबार, १८ मङ्सिर २०७९

कर्णाली प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित सदस्यमा बाबु पुस्ताका सांसदहरुको वर्चश्व देखिएको छ । राजनीतिमा युवा पुस्ताको उदय भइरहेको भनिए पनि कर्णालीमा भने ५० वर्ष कटेकाहरुकै वर्चश्व देखिन्छ ।​ प्रत्यक्षतर्फ निर्वाचित २४ जना सांसदमध्ये ५० देखि ७० वर्ष उमेर समूहका अर्थात् बाबु पुस्ताका सांसदहरुको संख्या १७ छ भने ४० देखि ५० वर्ष उमेर समूहका ६ जना सांसद छन् ।

यस्तै ३० देखि ४० वर्ष उमेर समूहको जम्मा एक जना सांसद छन् । निर्वाचन आयोगको विवरण अनुसार दैलेख क्षेत्र नम्बर २ (२) बाट निर्वाचित नेकपा एमालेका विनोद कुमार शाह सबैभन्दा बढी ६६ वर्षका छन् भने सबैभन्दा कान्छा सांसद पनि दैलेखकै छन् । दैलेख क्षेत्र नम्बर २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य घनश्याम भण्डारी ३९ वर्षका भए । उनी प्रदेशसभामा सबैभन्दा कान्छा सांसद हुन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

शाहसहित ६०–७० वर्ष उमेर समूहको सूचीमा एमालेका प्रदेश इञ्चार्ज एवं सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित सांसद यामलाल कँडेल, कालिकोट (२) बाट निर्वाचत सांसद हिक्मतबहादुर विष्ट र जुम्ला (१) बाट निर्वाचित स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही छन् । कँडेल ६१ वर्षको पुग्दा कांग्रेस नेता विष्ट ६१ र स्वतन्त्र सांसद शाही ६० वर्षका भए ।

यस्तै  ५०–५९ वर्ष उमेरसमूह अन्तर्गत रुकुम पश्चिम (१) बाट निर्वाचित सांसद महेन्द्र केसी ‘पारसमणी’ (५०),  २ बाट निर्वाचित सांसद राजकुमार शर्मा (५१) छन् । शर्मा र केसी दुवै जना माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

यस्तै सुर्खेत निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरलेल ५९ वर्षका भए भने दैलेख क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद पुर्णबहादुर खत्री ५५ वर्षका भए । दैलेख १ (२) बाट निर्वाचिन सांसद कृष्ण कुमार विसी ५८, जाजरकोट (२) बाट निर्वाचित सांसद राजिवविक्रम शाह ५४ वर्षका भए ।

यस्तै कर्णालीका वहालवाला मुख्यमन्त्री एवं हुम्ला (२) बाट निर्वाचित जीवनबहादुर शाही ५८ वर्षका भए भने सल्यान (२) बाट निर्वाचिन सांसद सुरेश अधिकारी ५४ वर्षका भए । उल्लेखित सबै सांसद कांग्रेसका हुन् ।

यस्तै नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद कालिकोट (१) का दुर्गबहादुर रावत ५४ वर्षका भए भने मुगु (२) का मंगलबहादुर शाही ५४ वर्षका भए । कर्णालीका वहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही ५५ वर्षका भए । यस्तै सल्यान (१) बाट निर्वाचित माओवादीका भिमप्रकाश शर्मा ५८ वर्षका भए ।

मुगु (१) निर्वाचित एमालेका जीतबहादुर मल्ल ५२ वर्षका हुन् । दलगत आधारमा भन्ने हो भने कांग्रेसबाट निर्वाचिन सांसदहरु पाको उमेर समूहमा बढी देखिन्छन् ।

४०–४९ वर्ष उमेर समूहकामध्ये ३ जना माओवादी, १ जना कांग्रेस र २ जना एमालेका छन् । सुर्खेत १ (२) मा माओवादीबाट निर्वाचित सांसद कृष्ण जिसी ४३ वर्षका भएका छन् भने सुर्खेत २ (२) मा माओवादीबाट निर्वाचित प्रदेशसभा सदस्य विन्दमान विष्ट ४३ वर्षका भए ।

यस्तै हुम्ला (१) बाट निर्वाचिन माओवादीका रणसिंह परियार ४६ वर्षका भए । पहिलो पटक संसदीय निर्वाचन लडेका उनी प्रदेशसभामा एक मात्र दलित सांसदको रुपमा निर्वाचित भएका छन्  ।

यस्तै कांग्रेसबाट निर्वाचित जाजरकोटका जिल्ला सभापति वेदराज सिंह ४२ वर्षका भए । उनी जाजरकोट (१) बाट निर्वाचित भएका हुन् ।

यस्तै जुम्ला (२) बाट निर्वाचिन एमालेका टेकराज पछाई ४२ वर्षका भए भने डोल्पा (१) बाट निर्वाचित एमालेका शेरबहादुर बुढा ४५ वर्षका भए । 

कुन सांसदको उमेर कति ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप