शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विश्व टेस्ट च्याम्पियनसीप वरीयतामा अस्ट्रेलियाको ठुलो अग्रता

आइतबार, १८ मङ्सिर २०७९, १५ : ५०
आइतबार, १८ मङ्सिर २०७९

पर्थ टेस्टमा वेस्ट इन्डिजलाई १ सय ६४ रनले पराजित गर्दै अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसीपको वरीयतामा फराकिलो अग्रता बनाएको छ । योसँगै च्याम्पियनसिपको फाइनल पुग्ने उसको सम्भावना बलियो बनेको छ ।

जीतसँगै प्याट कमिन्सको टोली च्याम्पियनसीपको तालिकामा ७२.७३ प्रतिशत जीतसँगै ठुलो अन्तरले शीर्ष स्थानमा पुगेको छ । आगामी वर्ष हुने टेस्ट च्याम्पियनसीपको फाइनलमा हाल मजबुत दाबेदारी प्रस्तुत गरेको छ । यसमा एउटा टेस्ट जित्ने टोलीले १२ अङ्क प्राप्त गर्छ । तर यस वरीयतामा जीतको प्रतिशतलाई मान्यता दिइन्छ ।

दोस्रो स्थानमा ६० प्रतिशत जीत हासिल गर्दै दक्षिण अफ्रिका रहेको छ । ५३.३३ प्रतिशतसहित श्रीलङ्का तेस्रो स्थानमा रहेको छ भने भारत ५२.०८ प्रतिशतसहित चौथो स्थानमा रहेको छ । हाल इंग्ल्याण्डसँग घरेलु मैदानमा खेलिरहेको पाकिस्तान ५१.८५ प्रतिशत जीत सहित पाँचौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप