बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आर्टिफिसियल इन्टेलिजेन्सले हृदय रोगको भविष्यवाणी

आइतबार, १८ मङ्सिर २०७९, १६ : १८
आइतबार, १८ मङ्सिर २०७९

हृदय रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हृदय रोगले हरेक वर्ष १ करोड ७९ लाख मानिसको  ज्यान लिने अनुमान गरिएको छ । यस रोगको विनाशकारी नतिजाले अनुसन्धानकर्ताहरूलाई हृदय रोग र जोखिम कारकहरूको उपचार र रोकथाम गर्न प्रेरित गरेको छ ।

अन्वेषकहरूले एउटै छातीको एक्स–रे प्रयोग गरेर अब एथेरोस्क्लेरोटिक कार्डियोभास्कुलर रोगको कारणले हृदयघात वा मस्तिष्कघातबाट मृत्यु हुने  सम्भावनाको भविष्यवाणी गर्न  सिकाउने मोडेल विकास गरेका छन् । 

बीजीआरडटकमका अनुसार सीएक्सआर–सीभीडी जोखिमको रूपमा चिनिने यस प्रविधिलाई अमेरिकाको राष्ट्रिय क्यान्सर संस्थानद्वारा डिजाइन गरिएको विशेष परीक्षणमा अनुसन्धान र प्रशिक्षण दिइएको छ ।

यसले लगभग ११ हजार ४३० ‘आउटप्यासेन्ट’को दोस्रो स्वतन्त्र समूह पनि प्रयोग ग¥यो, जसमध्ये सबैको छातीको क्स–रेहरू थिए, जसले उनीहरूलाई स्टेटिन थेरापीको लागि सम्भावित रूपमा योग्य बनायो । 

अध्ययनको नतिजा रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिकाको वार्षिक बैठक (आरएसएनए)मा प्रस्तुत गरिएको थियो । गहिरो सिकाइ  उन्नत आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को एक प्रकार हो, जसलाई रोग–सम्बन्धित ढाँचाहरूको लागि एक्स–रे तस्बिर खोज्न तालिम दिन सकिन्छ । -न्युज कारखानाबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप