बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्कटल्याण्डविरुद्ध १ सय ३७ मा समेटियो नेपाल

आइतबार, १८ मङ्सिर २०७९, १६ : ४२
आइतबार, १८ मङ्सिर २०७९

आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग–२ मा नेपालले स्कटल्याण्ड सामु जीतका लागि १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । विन्डहोक मैदानमा जारी खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको हो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए । ज्ञानेन्द्र मल्लले २५ रन, अर्जुन साउदले १८ रन तथा कप्तान रोहित पौडेलले १७ रनको योगदान दिए । स्कटल्याण्डका लागि क्रिस सोलले ३ विकेट तथा मार्क वाटले २ विकेट लिए । हाल लिगमा नेपाल २१ खेलबाट १८ अंक बटुल्दै पुछारबाट दोस्रो स्थानमा रहेको छ । स्कटल्याण्ड २९ खेलबाट ४२ अंक बटुल्दै दोस्रो स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप