‘पासो’ लाई दर्शक अभाव

‘पासो’ गत शुक्रबार रिलिज भएको फिल्म हो । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको फिल्मले दर्शक पाउन भने सकेन । फिल्ममा रिलिजको दिन देखिनै दर्शक अभाव देखिएको छ । सोही कारण शुक्रबार र शनिबार केही शो दर्शक पाएको फिल्मको आइतबार धेरै शो घटेको छ ।
फिल्मका वितरक करण क्रेजीले ‘पासो’ मा दर्शक अभाव रहेको बताए । प्रचारप्रसार खासै नभएको फिल्ममा दर्शक नदेखिनुको मुख्य कारण उचित प्रचार प्रसारको नहुनु रहेको वितरक करणको भनाई छ ।
अपहरणपछि २ युवतीले बाँच्नका लागि गर्ने संघर्षको कथामा निर्माण भएको फिल्ममा रिस्ता बस्नेत र सुनिशा बजगाँइ, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ । फिल्म आर.बी पुनले निर्देशन गरेका हुन् ।
कथा, पटकथा, संवाद समेतको निर्देशन आर.बीकै रहेको फिल्मको कुमार राउत कार्यकारी निर्माता हुन् । फिल्म बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको फाइँदा हुनेगरी सूचना प्रविधिको प्रयोग गरौं : मुख्य सचिव बैरागी
-
नेपालको हवाई उडान र उद्योग दुवै सुरक्षित छ : वायुसेवा सञ्चालक संघ
-
विश्व क्यान्सर दिवस : 'आशाको लागि ज्योति' (तस्बिरहरु)
-
वैकल्पिक शक्ति उत्साह र स्खलन किन ?
-
ह्वाट्स एपमा ‘नेपाली गर्ल’ क्लिक गर्दा २० जनाले गुमाए ५१ लाख
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान : भाडामा कार्यालय, छैन अस्पताल