बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग वाणिज्य महासंघद्वारा अर्थतन्त्र जोगाउन अर्थमन्त्रीलाई आग्रह

आइतबार, १८ मङ्सिर २०७९, १७ : ०९
आइतबार, १८ मङ्सिर २०७९

नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्र जोगाउन अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरेको छ । आइतबार महासंघको प्रतिनिधिमण्डलले अर्थतन्त्री शर्मालाई भेटी मुलुकको अर्थतन्त्र जोगाउन सहकार्य एवं समन्वयका भूमिका निभाउन आग्रह गरेको हो । 

महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा बहुआयामिक असर परेको र वहुप्रतिक्षित चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गरेको छ । 

पछिल्लो समय राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै अध्यक्ष गोल्छाले मूल्यवृद्धि ७ वर्षयताकै उच्च रहेको र निजी क्षेत्र संकुचित हुँदै गएको बताए । 
सो अवसरमा महासंघले प्रत्यक्ष अप्रत्यक्ष रुपमा बजारलाई नियन्त्रण गर्न सुरु भएको बताउँदै एक बर्षको अवधिमा वहुआयामिक जोखिम बढेको र सोबाट बच्न सरकार एवं केन्द्रीय बैंकलाई केही सुझाव समेत दिएको छ । 

चालू पूँजी मार्गदर्शन, २०७९ को कार्यान्वयन कम्तीमा दुई वर्ष स्थगन गर्नुपर्ने सुझाव दिएको महासंघले मौद्रिक नीति समिक्षामार्फत राष्ट्र बैंकले व्यवस्था गरेको वाणिज्य बैंक र विकास बैंकको औसत ब्याजदर अन्तर क्रमशः ४ प्रतिशत र ५.६ प्रतिशतको व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने बताएको छ । 

तथापि, औसत ब्याजदर अन्तर घटाइएपनि यसले तत्काल ब्याजदर घटाउने सम्भावना नभएको बताउदै महासंघले बैंक तथा वित्तिय संस्थाको आधार दर नै घट्नुपर्ने बताएको छ । 
सोही अवसरमा महासंघले पुस मसान्तमा पुर्नकर्जा वाफतको करिब ६० अर्ब रुपैया बैंक वित्तिय संस्थाहरुबाट फिर्ता जाने हुँदा यसले बजारमा थप तरलता अभाव हुनगई उद्यमीहरुलाई नै समस्या पार्नेतर्फ समेत संशयतता व्यक्त गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप