शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बिलबिजक बिनाको गहुँसहितको गाडी प्रहरी नियन्त्रणमा

आइतबार, १८ मङ्सिर २०७९, १७ : २५
आइतबार, १८ मङ्सिर २०७९

रुपन्देहीको भैरहवास्थित सशस्त्र प्रहरी बल २७ नम्बर गणको टोलीले ५५ लाख मूल्य बराबरको बिलबिजक बिनाको गहँुसहित एक गाडीलाई नियन्त्रणमा लिएर भन्सार चलान गरेको छ । उक्त गणबाट गएको सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज विष्टको टोली शनिबार बेलुका ६ बजेको समयमा भारतबाट नेपाल भित्र्याएको बिलबिजक बिनाको १६५ बोरा गहुँ सहितको ट्रकलाई नियन्त्रणमा लिएको हो ।

जिल्लाको कोटियामाई गाउँपालिका वडा नंं. ३ त्रिलोकपुरस्थित दशगजा इलाकामा लु १ ख ५४८२ नम्बरको ट्रकमा ल्याएको ९९ क्विन्टल गहुँ प्रहरीले समातेको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक प्रकाश सिग्देलले जानकारी दिए ।  पक्राउ परेको गाडीसहितको उक्त गहुँ भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । ट्रक चालक भने गाडी छोडेर भागेको सिग्देलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप