बुधबार, १८ माघ २०७९
ताजा लोकप्रिय

चुनावपछि सत्ता गठबन्धनको पहिलो बैठक तय

आइतबार, १८ मंसिर २०७९, १८ : ३२
आइतबार, १८ मंसिर २०७९

आम निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक आह्वान भएको छ । सोमबार दिउँसो ३ बजेका लागि सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।  माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव देव गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिए । 

गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।  मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट सत्ता गठबन्धनले बहुमत नजिक सिट जितेको छ भने कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप