माओवादी बैठकमा विशेष महाधिवेशनको माग

नेकपा माओवादी केन्द्रको बैठकमा विशेष महाधिवेशनको माग भएको छ । चुनावी समीक्षा गर्नका लागि बोलाइएको पदाधिकारीको अनौपचारिक बैठकमा केही नेताहरूले विशेष महाधिवेशनको माग गरेका हुन् । चुनावमा पार्टीको समग्र अवस्था खस्किएको देखिएको भन्दै केही पदाधिकारीले विशेष महाधिवेशनमार्फत पार्टीलाई ‘रिफर्म’ गरिनुपर्ने धारणा राखेका हुन् ।
उनीहरूले कतिपय स्थानमा गठबन्धन भएपनि मत ट्रान्सफर नहुँदा पार्टी हार्ने अवस्थामा पुगेको भन्दै यसको गम्भीर समीक्षा हुनुपर्नेमा पनि पदाधिकारीहरूले जोड दिएका थिए । यस्तै पार्टी संगठनलाई चुस्त बनाइनुपर्ने तथा आफ्नै संगठनको बलमा जित्ने अवस्थाको सिर्जना गरिनुपर्नेमा पनि नेताहरुले धारणा राखेका थिए ।
पार्टी पदाधिकारीले राखेको धारणाको सबै टिपोट प्रचण्डले गरेको एक नेताले बताए । ‘पार्टीले किन हार्‍यो ? किन मत कम आयो ? भनेर पनि पदाधिकारीको मत आएको छ’, बैठकपछि एक नेताले भने, ‘ती सबै मतलाई प्रतिवेदनको रुपमा प्रचण्डले तयार गर्ने छन् । त्यसपछि स्थायी समिति बैठकमा छलफल हुने भएको छ ।’
बैठकमा टिकट नपाएकाले किन नदिएको भन्दै नेतृत्वलाई प्रश्न समेत गरेका थिए । यस्तै टिकट पाएर हारेकाले भने देशी विदेशी षडयन्त्रबाट आफू पराजित भएको बताएका थिए । यस्तै अन्तर्घातको विषय पनि बैठकमा उठेको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा
-
डेरीमा पशुको बोसोसहित अखाद्य वस्तु फेला
-
‘ह्यारी कि प्यारी’ को प्रिमियरमा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
क्यानद्वारा सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
-
चितवनमा बुधबार १२ बजेदेखि पासपोर्टको लागि अनलाइन आवेदन दिन सकिने
-
परराष्ट्रमन्त्री पौड्यालले श्रीलङ्कामा उच्चस्तरीय भेटवार्ता गर्ने