बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचनमा अन्तर्घात भएको छैन, प्रमाण भेटिए कारबाही हुन्छ: सभापति लामा

आइतबार, १८ मङ्सिर २०७९, १८ : ५२
आइतबार, १८ मङ्सिर २०७९

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले गत मङ्सिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारमाथि अन्तर्घात नभएको भन्दै प्रमाण भेटिए कारबाही गरिने बताएका छन् । आइतबार हेटौँडामा कांग्रेस जिल्ला समितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै सभापति लामाले गठबन्धनका उम्मेदवारलाई अन्तर्घात भएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यमबाट अपुष्ट प्रचार आएकाले आधारहीन कुरामा विश्वास नगर्न पार्टी तथा गठबन्धनका नेता कार्यकर्तामा आग्रह गरेका हुन् ।

विशेष गरी प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डीना र १ (ख) का उम्मेदवार आनन्दराम पराजुलीमाथि गठबन्धन दल र पार्टीबाटै अन्तर्घात भएको भनी आधारहीन प्रचार गरिएको उनले बताए । ‘हामी सबै पार्टी र गठबन्धनका उम्मेदवार जिताउन प्रतिबद्ध भएर लागेका थियौँ । सबैको प्रयास हुँदा हुँदै पनि उहाँहरूको पराजय भयो, हामी दुखित छौँ ।’ 

सभापति लामाले भने ‘तर, केही माध्यमहरुमा पार्टीका जिम्मेवार व्यक्तिहरूकै नाम लिएर अन्तर्घात गरियो भनेर कुप्रचार गरियो । पार्टी र गठबन्धनभित्र निर्वाचनको समीक्षा हुनै बाँकी छ, यदि कतै कसैले कमजोरी गरेको रहेछ भने हामी त्यसपछि के गर्नुपर्छ हामी गर्छौँ ।’

पार्टीका उम्मेदवारहरुको पराजयका सम्बन्धमा भएको प्रचार प्रसारप्रति ध्यानाकर्षण भएको भन्दै नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुर एवम् नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति, बागमती प्रदेश सभापति लगायत जिल्ला तहका नेताहरू गठबन्धनको मर्म/भावना अनुसारका क्रियाकलापहरूमा संलग्न भएको पार्टी जिल्ला प्रवक्ता अर्जुन चौलागाईले प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप