बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा भारत बंगलादेशसँग १ विकेटले पराजित

आइतबार, १८ मङ्सिर २०७९, १९ : ३६
आइतबार, १८ मङ्सिर २०७९

बंगलादेशको भ्रमणमा रहेको भारतीय क्रिकेट टोली पहिलो एकदिवसीय खेलमा १ विकेटले पराजित भएको छ । भारतले प्रस्तुत गरेको १ सय ८७ रनको लक्ष्य बंगलादेशले ९ विकेटको क्षतिमा २४ बल बाँकी छँदै पछ्याएको हो ।

१३६ रनमा नै ९ विकेट गुमाएको बंगलादेशका लागि मेहदी हसन मिराज र मुस्तफिजुर रहमानले नटआउट रहँदै क्रमशः ३८ र १० रन बनाउँदै टोलीलाई जीत दिलाए । उनीहरूबाहेक कप्तान लिटन दासले ४१ रन बनाए । भारतका लागि मोहमद सिराजले ३ विकेट लिए भने कुलदीप सेन र वासिङटन सुन्दरले २ विकेट लिए ।

यसअघि शकिब अल हसन र इबादत होसेनको घातक बलिङसामु भारतको ब्याटिङ लाइनअप निरीह देखिएको थियो । हसनले ५ र होसेनले ४ विकेट लिए । ४२.१ ओभरमा अलआउट हुनअघि भरतले १८६ रन बनाएको थियो । भारतका लागि केएल राहुलले सर्वाधिक ७३ रन बनाए भने कप्तान रोहित शर्माले २७ रनको योगदान दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप