शारीरिक सुगठन टोली थाइल्यान्ड जाँदै
आइतबार, १८ मङ्सिर २०७९, १९ : ४८
तेह्रौँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ । मङ्सिर २० देखि २६ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा प्रज्ज्वलमान शाक्य तथा महिला मोडल फिजिकमा स्वेता कपालीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
राजेशबाबु श्रेष्ठको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा दिनेशकुमार राजभण्डारी, प्रशिक्षकमा रुजेश शाही, अफिसियलमा राजेश उपाध्याय र निर्णायकमा दिनेश श्रेष्ठ रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव अन्जन धमलाले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै