शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुम्लामा युवतीद्वारा झुन्डिएर आत्महत्या

आइतबार, १८ मङ्सिर २०७९, १९ : ५८
आइतबार, १८ मङ्सिर २०७९

जुम्लाको सिंजा गाउँपालिका–४ भुलिगाउँमा एक युवतीले कोठामा झुन्डिएर आत्महत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी नरेन्द्र चन्दका अनुसार अन्दाजी २१ वर्षीया राममाया बुढाले आफ्नो माइतीघरको तेस्रो तलामा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

के–कति कारणले उनले आत्महत्या गरेको भन्ने अनुसन्धानबाट मात्रै थाहा हुने बताए । इलाका प्रहरी चौकी नराकोटका इन्चार्ज गोविन्द बोहोराका अनुसार उनी १० महिनादेखि माइतीघर बस्दै आएकी थिइन् । उनको घरमा झगडा भएको भन्ने बुझिएको छ। उनको दुई वर्षकी छोरी पनि छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप